
काठमाण्डौ । नेपालमा जारी १३ औ दक्षिण एसियाली खेलकुद सागको तेस्रो दिनका खेल सकिदा पदक तालिकामा नेपालले अग्रता कायमै राखेको छ । दोस्रो दिन हिजो १५ स्वर्ण जितेको नेपालले तेस्रो दिन थप ८ स्वर्ण जित्दै तालिकामा २३ स्वर्ण पुर्याएको हो । त्यस्तै ८ रजत र १२ कास्यसहित नेपालले कुल ४३ पदक हात पारेको छ ।
दोस्रो स्थानमा रहेको भारतले १२ स्वर्ण समान रजत र ६ कास्यसहित ३० पदक हात पारेको छ । ५ स्वर्ण जितेको श्रीलंका तेस्रो स्थानमा रहदा समान ४ स्वर्ण जितेका पाकिस्तान र बंगलादेश क्रमश चौथो र पाँचौ स्थानमा रहेका छन् । माल्दिभ्सले पनि ३५ बर्षे साग ईतिहासमा पहिलो स्वर्ण हात पार्दा पुछारमा रहेको भुटानले भने स्वर्ण जित्न सकेको छैन् ।
