Logo

तेस्रो अभ्यास खेलमा नेपाली युवा टोली चिला मारियन्ससंग पराजित

ई-खेलकुद २०७६ भदौ १३ , शुक्रबार ०५:०८ मा प्रकाशित

काठमाण्डौ । श्रीलंकामा अभ्यासरत नेपाली युवा टोली तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाली युवा टोली चिला मारियन्ससंग ८९ रनले पराजित भएको हो । मारियन्सले दिएको २ सय २५ रनको चुनौती पछ्याएको नेपाल ४० दशमलब ३ ओभरमा १ सय ३५ रनमा समेटियो ।
आसिफ शेखले सर्बाधिक ४५, भीम सार्किले २६ र रित गौतमले २५ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा नेपाल हार भोग्न बाध्य भयो । पवन सर्राफले १२ रन बनाएको ईनिङसमा कप्तान रोहित कुमार पौडेल ३ र हरी बहादुर चौहान ४ रनमा पभेलियन फर्किए । सन्दिप जोरा गोल्डेन डकआउट भए, रासिद खानले खाता खोल्न सकेनन् ।
यसअघि कोलम्बोस्थित क्लबको मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको मारियन्सले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय २४ रनको योगफल तयार पारेको हो ।
मारियन्सबिरुद्ध नेपालका सुर्य तामाङ र पवन सर्राफले समान २ तथा रासिद खान, कमलसिंह ऐरी र सागर ढकालले एक एक विकेट हात पारे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?