Logo

तेक्वान्दोमा संगीता बस्यालले जितिन स्वर्ण

ई-खेलकुद २०७६ मंसीर १८ , बुधबार ०४:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत तेक्वान्दोको गेरुगी स्पर्धामा संगीता बस्यालले स्वर्ण पदक हात पारेकी छिन् । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो हलमा महिला ६२ केजी मुनीको तौल समूहमा भारतीय प्रतिद्धन्दीलाई हराउदै उनले नेपाललाई स्वर्ण दिलाएकी हुन् ।
भारतकी गगनजोत गिललाई १९–८ अंकले हराउदै संगीताले स्वर्ण पदक जितेकी हुन् । यो स्पर्धामा पाकिस्तान र बंगलादेशले कास्य जितेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?