
काठमाण्डौ । २ सन्तानकी आमा आयशा शाक्यले तेक्वान्दो तर्फ पुम्सेमा नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज भएको स्पर्धामा उनले स्वर्ण पदक हात पारेकी हुन् । उनले २९ बर्षमाथीको उमेर समुहबाट नेपालको प्रतिनिधित्व गरेकि थिईन् ।
त्यस्तै २३ देखी २९ बर्षको उमेर समुहमा पार्वती गुरुङले पनि नेपाललाई स्वर्ण दिलाएकी छिन् । पुम्सेको महिला एकलतर्फको सो स्पर्धामा श्रीलंकालाई हराउदै पार्वतीले स्वर्ण हात पारिन् । सो स्पर्धामा भारले कास्य जित्दै पदक तालिकामा खाता खोलेको छ ।
