Logo

ताजाकिस्तानबिरुद्ध नेपालको फराकिलो हार

ई-खेलकुद २०७६ असोज ४ , शनिबार ०६:०९ मा प्रकाशित

काठमाण्डौ । एएफसी अण्डर १६ च्याम्पियनसीप छनोटको तेस्रो खेलमा नेपाल, ताजाकिस्तानसंग ७–० ले पराजित भएको छ । जोर्डनमा गएराती भएको खेलमा नेपालले अर्को लज्जास्पद हार भोगेको हो । आफ्नो पहिलो खेलमा नेपाल, आयोजक जोर्डनसंग समान ७–० ले स्तब्ध भएको थियो । एकपक्षिय खेलमा पहिलो हाफमा ४–० को अग्रता बनाएको ताजाकिस्तानले दोस्रो हाफमा ३ गोल थप्दै फराकिलो जित हात पारेको हो ।

ताजाकिस्तानको जितमा सैदालिभ महामाद भोरिसले ह्याट्रिक गरे । छैठौ मिनेटमा पहिलो गोल गरेका भोरिसले १५ र २९ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । जारी प्रतियोगितामा ताजाकिस्तानको यो लगातार तेस्रो जित हो ।

३ खेलबाट ९ अंक जोडेको ताजाकिस्तान, समान खेल खेलेको जोर्डन भन्दा २ अंकले अघि छ । ३ खेलबाट १ अंक जोडेको नेपाल भने तालिकाको चौथो स्थानमा छ ।
गएरातीनै जोर्डन र कुवेतले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । नेपालले आफ्नो अन्तिम खेलमा भोली श्रीलंकासंग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?