Logo

ढाकामा नेपाली टोलीको प्रशिक्षण सुरु

ई-खेलकुद २०७७ कात्तिक २३ , आईतबार ०८:११ मा प्रकाशित

काठमाण्डौ । मैत्रीपुर्ण खेलका लागि बंगलादेशको ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आजबाट प्रशिक्षण सुरु गरेको छ । बिहिबार ढाका पुगेको टोलीका सबै खेलाडीको कोरोना परिक्षण नेगेटिभ आएपछि टोलीले प्रशिक्षण थालेको हो । २५ खेलाडी र ११ अफिसियल गरी ३६ जनाकै रिर्पोट नेगेटिभ आएपछि प्रशिक्षक बालगोपाल महर्जनले टोलीलाई प्रशिक्षणमा उतारेका हुन् ।
घरेलु मैदानमा १० दिनको प्रशिक्षणपछि ढाका पुगेको नेपालले त्यहा ६ दिन प्रशिक्षण गर्नेछ । नेपाल र बंगलादेशबिच कार्तिक २८ र मंसिर २ गते मैत्रीपुर्ण खेल हुनेछ । दुबै खेल नेपाली समयानुसार साँझ पौने ५ बजे हुने बंगलादेश फुटबल संघले जनाएको छ ।
सबै खेलाडीको अब तीन चरण कोरोना परिक्ष्ँण हुने संघले जनाएको छ । खेलाडीको मंगलबार दोस्रो परिक्ष्ँण हुनेछ । नोभेम्बर १४ र १७ मा परिक्षण भएपछि मात्र खेलाडी मैत्रीपुर्ण खेलमा मैदान उत्रनेछन् ।
आसन्न विश्वकप छनोटको दोस्रो चरणको तयारीमा रहेको टोली कोरोना माहामारीपछि पहिलो विदेश भ्रमणमा निस्किएको हो ।

नेपाल बंगलादेश

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?