Logo

डोली भट्टको कमानीमा नेपाली अण्डर १९ महिला टोलीको घोषणा

ई-खेलकुद २०७६ कात्तिक १३ , बुधबार ०७:१० मा प्रकाशित

काठमाण्डौ । चीनको संघाईमा हुने महिला टी–२० क्रिकेट प्रतियोगिता बि एण्ड आर कपका लागि १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । नोभेम्बर ११ देखी १६ सम्म हुने प्रतियोगिताका लागि नेपालले डोली भट्टको कप्तानीमा टोलीको घोषणा गरेको हो । टोलीमा कविता कुवर, कृतिका मरासिनी, यसोधा बिष्ट, रुबी पोदार, राजमती ऐरी र ईश्वरी बिष्ट रहेका छन् । त्यस्तै लक्ष्मी साउद, खुशी डंगोल, हेलिसा लामा, गुरुङ ज्योति दनुवार, निगम तामाङ, शिला क्षेत्री, लक्षिता राजवंशी, गोमा आले, पेम लामु शेर्पा, मनिषा मगर र सृष्टि पौडेल रहेका छन् । १८ सदस्यीय टोलीलाई केहि दिनमा अन्तिम रुप दिईने बताईएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का मुख्य प्रशिक्षक जगत टमटा, छनोट समितिका बिनोद दास र यू–१९ टोलीका मुख्य प्रशिक्षक कलाम अलीले प्रारम्भीक टोलीको घोषणा गरेका हुन् । नेपालले आफ्नो पहिलो खेलमा नोभेम्बर ११ मा थाइल्याण्डसाग खेल्नेछ ।
दोस्रो र तेस्रो खेलमा नेपालले नोभेम्बर १२ मा साउदी अरेबिया र चीनसंग खेल्नेछ । चौथो खेलमा नोभेम्बर १४ मा मलेसियासंग खेल्ने नेपालले समुहचरणको अन्तिम खेलमा नोभेम्बर १५ मा म्यानमारको सामना गर्नेछ । प्रतियोगिता खेल्न नेपाली टोली नोभेम्बर ७ मा चीन जानेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?