Logo

डुप्लेसीसले टेष्ट क्रिकेटबाट सन्यास लिए

ई-खेलकुद २०७७ फागुन ५ , बुधबार ०३:०२ मा प्रकाशित

एजेन्सी । साउथ अफ्रीकाका सफल क्रिकेटर फाप डु प्लेसिसले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । ३६ बर्षिय ब्याट्सम्यान डुप्लेसीसले सामाजिक सञ्जालमार्फत टेष्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । यद्यपी उनले वन डे र टि–२० मा भने अझै केहि समय रहने जनाएका छन् ।

राष्ट्रिय जर्सीबाट ६९ टेस्ट खेलेका डुप्लेसीसले ४ हजार १ सय ६३ रन बनाएका छन् । जसमा १० शतक पनि रहेको छ । प्लेसिसले सन् २०१२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै टेस्टमा डेब्यु गरेका थिए ।
साउथ अफ्रीकाका पूर्व कप्तान समेत रहेका प्लेसिसले पछिल्लो पटक पाकिस्तानविरुद्धको टेस्ट खेलेका थिए । उनी बिश्व क्रिकेटमा विवादरहित छबीका क्रिकेटरका रुपमा समेत चिनिन्छन् ।

फाप डु प्लेसिस सन्यास

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?