
काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई बर्खास्त गरेको छ । विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि टोलीमा रहेका स्टाईकर बिमल घर्तीमगर सहित अन्जन बिष्ट, सन्तोस तामाङ र दिनेश राजवंशीलाई एन्फाले टोलीबाटै हटाएको हो । उनीहरु शुक्रबार राती ठमेलस्थित लाउन्च बार गएका थिए । मंसीर ३ गते नेपालले भुटानमा कुवेतसंग विश्वकप छनोटको खेल खेल्दैछ । भुटान जाने सुचीमा रहेका ४ जना कारबाहिमा परेपछि एन्फाले ती खेलाडीको स्थानमा अन्य खेलाडीलाई भुटान पठाउने तयारी गरेको छ ।
एन्फाले कारबाहिस्वरुप तत्काल टोलीबाट हटाएपनि कस्तो कारबाहि गरिएको हो भन्ने खुलाएको छैन् । यसअघि पनि बिमल घर्तीमगर डिस्कोमा जाँदा एन्फाको कारबाहिमा परेका थिए ।
