Logo

डिफेण्डिङ च्याम्पियन नेपाल समुहचरणबाटै बाहिरियो, भुटान समुह विजेता

ई-खेलकुद २०७६ असोज ७ , मंगलबार ०४:०९ मा प्रकाशित

काठमाण्डौ । डिफेण्डिङ च्याम्पियन नेपाल तेस्रो साफ अण्डर १८ च्याम्पियनसीप फुटबल प्रतियोगिताको समुहचरणबाटै बाहिरिएको छ । समुह ए अन्तर्गत आज भएको खेलमा भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेलेसंगै नेपालको झिनो सपना चकनाचुर भएको हो । हल्चोकस्थित एपीएफ मैदानमा निक्कै प्रतिस्पर्धात्मक खेल बराबरीमा सकिएपछि नेपालको यात्रा समुह चरणमै रोकिएको हो ।

यो समुहबाट भुटान समुहविजेता र माल्दिभ्स उपविजेताको रुपमा सेमिफाइनलमा प्रबेश गरेका छन् । समुह एमा रहेको नेपाल पहिलो खेलमा माल्दिभ्ससंग एक एकको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा भुटानसंग ३–० ले पराजित भएसंगै नेपालको अन्तिम चारमा पुग्ने संभावना कमजोर बनेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?