
विवेक मिश्र, लक्ष्मीमार्ग । मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो डाँगीहाट गोल्डकप फुटबलको उपाधिका लागि व्वाईज युनियन क्लब र धरान फुटबल क्लबबिच प्रतिस्पर्धा हुदैछ । लक्ष्मीमार्गस्थित स्थानिय खेल मैदानमा अपरान्ह् ३ बजे प्रतियोगिताको उपाधि भिडन्त सुरु हुनेछ । फाइनलका लागि दुबै टोलीले ए डिभिजन लिग खेलिसकेका खेलाडीलाई टोलीमा राखेका छन् । सेमिफाइनलमा व्वाईज युनियनले चर्च व्वाईज युनाईटेडलाई तथा धरानले आयोजकको रातो टोलीलाई हराउदै उपाधि यात्रा तय गरेका हुन् ।
गोल्डकपको उपाधि विजेताले ३ लाख तथा उपविजेता टोलीले २ लाख १ हजार रुपैया हात पार्नेछन् । प्रतियोगितामा ८ टोली सहभागी छन् ।
