Logo

ट्वान्टी–२० सिरिजको अन्तिम खेलमा नेपालले आयोजकको सामना गर्दै

ई-खेलकुद २०७६ असोज २३ , बिहीबार ०६:१० मा प्रकाशित

काठमाण्डौ । ओमानमा जारी टी–२० सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक ओमानसंग प्रतिस्पर्धा गर्दैछ । दुबै टोली सिरिजको सुखद अन्त्य गर्ने योजनामा एकअर्काबिरुद्ध मैदान उत्रनेछन् ।

औपचारिक टी–२० मा पहिलो पटक भिड्न लागेका नेपाल र ओमान नतिजा आफु अनुकुलको निकाल्ने प्रयासमा रहनेछन् । एमिरातस्थित क्रिकेट मैदानमा नेपाली समयानुसार अपरान्ह सवा ३ बजे खेल सुरु हुनेछ । सुरुवाती तीनमध्ये दुईमा जित हात पारेको नेपाल सिरिजमा तेस्रो जितको खोजीमा रहेको छ । नेपालले हिजो आयरल्याण्डसंग हार भोगेको थियो ।

त्यसअघि सोहि मैदानमा बिहान सवा ११ बजे हङकङ र नेदरल्याण्ड्स भिड्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?