Logo

टेष्ट क्रिकेट अब ४ दिनको हुने

ई-खेलकुद २०७६ पुस १५ , मंगलबार ०८:१२ मा प्रकाशित

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले टेष्ट क्रिकेटलाई ४ दिनको फर्मेटमा झार्ने तयारी सुरु गरेको छ । सबैभन्दा लामो क्रिकेटका रुपमा रहेको टेष्ट क्रिकेटलाई ४ दिनमा झार्न सदस्य राष्ट्रहरुसंग छलफल गरेको आईसीसीले बल्र्ड टेष्ट च्याम्पियनसीपका खेलपछि सन् २०२३ बाट यसलाई औपचारिक प्रयोग गर्ने तयारी गरेको हो । ५ दिनमा हरेक दिन ९० देखी ९८ ओभर संभव रहदै आएको खेल यो फर्मेटमा गएपछि ५८ ओभर कम हुनेछ । सन् २०२० बाटै फोर डे फस्ट क्लास म्याचका रुपमा यसको अभ्यास गर्ने र २०२३ पछि ५ दिनको टेष्टलाई पुर्ण रुपमा बिस्थापित गर्ने आईसीसीको तयारी छ ।
टेष्ट राष्ट्रसंगको छलफल पछि मुम्बईमा बसेको आईसीसी क्रिकेट कमिटिको बैठकले यस्तो तयारी गरेको हो । लगत्तै हुने साउथ अफ्रिका र जिम्बावे, ईङल्याण्ड र आयरल्याण्ड तथा अष्ट्रेलिया र अफगानिस्तानबिचको खेललाई सोहि फर्मेटमा खेलाउने आईसीसीले प्रयास गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?