Logo

टुसालबिरुद्ध ब्वाईज युनियनको कठिन जित

ई-खेलकुद २०७७ फागुन २२ , शनिबार ०३:०३ मा प्रकाशित

काठमाण्डौ । ब्वाईज युनियन क्लबले सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा कठिन जित दर्ता गरेको छ । १० औ चरणको खेलमा टुसाल युथ क्लबलाई १–० ले हराउदै ब्वाईज युनियन तालिकाको चौथो स्थानमा बलियो बनेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा ब्वाईज युनियनलाई जिताउन खेलको ७२ औ मिनेटमा मिलन लिम्बुले गरेको गोल निर्णायक बनेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लिम्बुले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलमा ब्वाईजले थप अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा साँघुरो जितमै चिक्त बुझायो । जितसंगै ब्वाइजको १० खेलबाट १७ अंक भएको छ । यो जितले उसलाई चौथो स्थानमा बलियो बनाएको छ । समान खेलबाट ९ अंक जोडेको टुसाल भने तालिकाको आठौ स्थानमा छ ।

बी’ डिभिजन ब्वाईज युनियन

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?