Logo

टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज भारत र पाकिस्तान खेल्दै

ई-खेलकुद २०७९ कात्तिक ६ , आईतबार ०८:१० मा प्रकाशित

झापा – टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज पनि दुई वटा खेल हुँदैछ।

आज भारत र पाकिस्तान तथा श्रीलङ्का र आयरल्यान्डबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे मेलवर्नमा सुरु हुनेछ । भारत र पाकिस्तानबीचको यो खेललाई निक्कै महत्त्वका साथ हेरिएको छ । अहिलेसम्म भारत र पाकिस्तान १३ पटक खेलेका छन् ।

सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बङ्लादेश, नेदरल्यान्ड र जिम्बाबे छन् । हरेक समूहबाट शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?