
एजेन्सी । युएईमा जारी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आजका खेलमा नेदरल्याण्ड्स, जर्सी र स्कटल्याण्ड विजयी भएका छन् ।
लगातार दोस्रो जित निकाल्ने क्रममा नेदरल्याण्ड्सले नामिबियालाई ४४ रनले स्तब्ध पार्यो । १ सय ४१ रनको लक्ष्य पछ्याएको नामिबिया १९ ओभरमा ९६ रनमा समेटिएपछि डच टोलीले शानदार जित निकालेको हो । यो जितपछि नेदरल्याण्ड्स ४ अंकमा समुह एको शीर्ष स्थानमा रहेको छ ।
सोहि समुहको खेलमा स्कटल्याण्डले केन्यालाई ३१ रनले पराजित गर्यो । १ सय ७१ रनको लक्ष्य पछ्याएको केन्याले ८ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो । प्रतियोगितामा स्कटल्याण्डको यो पहिलो जित हो । केन्या भने खेलेका दुबै खेलमा पराजित भएको छ ।
ग्रुप बी अन्तर्गतको खेलमा जर्सीले नाईजेरियालाई ६९ रनको फराकिलो अन्तरले पाखा लगायो । १ सय ८५ रनको लक्ष्य पछ्याएको नाईजेरियाले ७ विकेट गुमाएर १ सय १५ रनमात्र बनाएपछि जर्सीले पहिलो खेलमै शानदार जित हात पारेको हो ।
आजै युएई र आयरल्याण्डबिच पनि प्रतिस्पर्धा हुदैछ ।
