Logo

टी–२० विश्वकपको ग्लोबल क्वालिफायरको उपाधि नेदरल्याण्ड्सलाई

ई-खेलकुद २०७६ कात्तिक १७ , आईतबार ०६:११ मा प्रकाशित

एजेन्सी । युएईमा भएको टी–२० विश्वकपको ग्लोबल छनोटको उपाधि नेदरल्याण्ड्सले जितेको छ । गएराती भएको फाइनलमा पपुवा न्यु गीनी पीएनजीलाई ७ विकेटले हराउदै नेदरल्याण्ड्सले उपाधि हात पारेको हो । दुबईमा पीएनजीले दिएको १ सय २९ रनको लक्ष्य नेदरल्याण्ड्सले ६ बल अगावै ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा वेन कोपरले ४१, रायन टेन डोस्काटेले ३४ र कोलिन एकरमेनले २९ रनको योगदान गरे । म्याक्स ओडोएडले १४ र तोबाईस भिसीले १० रन बनाए । पीएनजीका नोसैना पोकना, डामिईन राभु र असद भालाले एक एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यु गीनीले ८ विकेट गुमाएर १ सय २८ रनको मध्यम योगफल तयार पारेको थियो । उसका लागि लेगा सईकाले ३९, सेसे बाउले २९ र जासन किलाले २७ रन बनाए । नेदरल्याण्ड्सका ब्रेण्डोन ग्लोभरले ३ तथा रोईलोफ भान डेर मर्बी र टिम भान डेर गुग्टेनले समान २ विकेट लिए ।
यसअघि नामिबियालाई हराउदै आयरल्याण्डले तेस्रो स्थान कब्जा गरेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?