Logo

टी–२० वरियतामा बंगलादेशलाई पछ्याउदै नेपाल

ई-खेलकुद २०७६ भदौ २ , सोमबार ०५:०८ मा प्रकाशित

काठमाण्डौ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरियतामा नेपाल अघिल्लै बरियतामा कायम रहेको छ । आईसीसीले आज सार्बजनिक गरेको बरियतामा नेपाल २ सय १ रेटिङ अंकसहित ११ औ स्थानमा यथावत रहेको हो ।
एसोसिएट राष्ट्रतर्फ नेपाल शीर्ष बरियतामा रहेको हो । १० औ स्थानमा रहेको बंगलादेशभन्दा नेपाल १९ रेटिङ अंकले पछि छ । बंगलादेश २ सय २० रेटिङ अंकका सात तालिकाको १० औ स्थानमा छ । टी–२० को नयाँ वरियतामा पाकिस्तान शीर्ष स्थानमा छ । दोस्रोमा इंग्ल्याण्ड र दक्षिण अफ्रीका तेस्रोमा छन् । यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन् । आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरियतामा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ । नेपालले ८ खेलबाट १५२ रेटीङ अंक पाएको छ । एकदिवसीय वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् । एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?