
काठमाण्डौ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–२० वरियतामा नेपाल ११ औ वरियतामा यथावत रहेको छ । आईसीसीले जारी गरेको पछिल्लो वरियतामा नेपाल पुरानै स्थानमा रहेको हो । नेपालले १४ खेलबाट २ सय १ रेटीङ अंक पाएको छ ।
एसोसियट राष्ट्रतर्फ नेपाल शीर्ष वरियतामा रहेको छ । नेपालपछि स्कटल्याण्ड, युएई, आयरल्याण्ड, जिम्बावे र नेदरल्याण्ड्स रहेका छन् । दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड टी–२० वरियतामा नेपाल भन्दा पछि रहेका छन् ।
टी–ट्वान्टी वरियतामा पाकिस्तान शीर्ष स्थानमा रहदा इंग्ल्याण्ड दोस्रो स्थानमा यथावत छन् । भारत एक स्थान माथी चढ्दै तेस्रो स्थानमा उक्लिएको छ ।
