
काठमाण्डौ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरियतामा नेपाल एक स्थान चिप्लिएको छ । अघिल्लो वरियतामा ११ औ स्थानमा रहेको नेपाल आईसीसीले आज सार्बजनिक गरेको बरियतामा १२ औ स्थानमा झरेको हो । नेपालले १७ खेलबाट १ सय ९४ रेटीङ अंक पाएको छ ।
१५ खेलबाट समान रेटिङ अंक भएको स्कटल्याण्ड एक स्थान माथी ११ औ स्थानमा उक्लिएको छ । १३ औ स्थानमा रहेको युएईको पनि समान अंक रहेको छ । यद्यपी उसले एक खेल बढि खेलेकाले नेपाल भन्दा पछि रहेको छ ।
पकिस्तान, वरियताको शीर्ष स्थानमा यथावत रहदा, इंग्ल्याण्ड दोस्रो र साउथ अफ्रिका तेस्रो स्थानमा रहेका छन् ।
