Logo

टी–२० बरियतामा सन्दिप, करण र अबिनाशको ईन्ट्री, नेपालको वरियता दुई स्थान खस्कियो

ई-खेलकुद २०७६ असोज २४ , शुक्रबार १०:१० मा प्रकाशित

काठमाण्डौ । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको टी–२० को बलिङतर्फको बरियतामा तीन नेपाली बलरले ईन्ट्रि गरेका छन् । हिजो सार्बजनिक गरिएको बरियतामा सन्दिप लामिछाने, करण केसी र अबिनाश बोहोराले बरियतामा प्रबेश पाएका हुन् । यसअघि सोमपाल कामी र बसन्त रेग्मी मात्र बलिङतर्फको बरियतामा रहेका थिए ।
आईसीसीको पछिल्लो बरियतामा सन्दिप सबैभन्दा माथी रहेका छन् । उनी सुरुवातमै ६४ औ स्थानमा छन् । सोमपाल कामी ६८, करण केसी ८३ र बसन्त रेग्मी ९० औ स्थानमा रहेका छन् । अबिनाश १ सयौ बरियतामा छन् ।
अलराउण्डतर्फ पारस खड्का २४ औ स्थानमा यथावत रहदा, सोमपाल कामी ६१ औ स्थानमा झरेका छन् । अलराउण्डरतर्फ पहिलो पटक स्थान बनाएका करण केसी ७८ औ स्थानमा छन् ।
ब्याटिङतर्फ पारसको बरियतामा सुधार आएको छ । उनी नयाँ बरियतामा ४५ औ स्थानमा उक्लिएका छन् ।
यसैबिच टि–२० बरियतामा नेपालको स्थान खस्केको छ । अघिल्लो बरियतामा ११ औ स्थानमा रहेको नेपाल २ स्थान खस्कदै १३ औ स्थानमा पुगेको हो । २१ खेलबाट १ सय ९० रेटिङ अंक सहित नेपाल १३ औ स्थानमा पुगेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?