
एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरियतामा नेपाल अघिल्लै स्थानमा यथावत रहेको छ । आईसीसीले आज जारी गरेका नयाँ वरियतामा नेपाल ११ औ स्थानमा यथावत रहेको छ । नयाँ वरियतामा नेपालले २ सय १ रेटीङ अंक पाएको छ । नेपालभन्दा अघि रहेको बंगलादेशको २ सय २० रेटिङ अंक छ । अर्थात बंगलादेश नेपाल भन्दा १९ रेटिङ अंकले अघि रहेको छ ।
नेपाल, एसोसियट राष्ट्र मध्यको शीर्ष बरियतामा रहेको छ । बरियतामा टेष्ट खेल्ने जिम्बावे र आयरल्याण्डलाई पनि पछि पार्दै बरियताको ११ औ स्थानमा रहेको हो । १२ औ बरियतामा रहेको स्कटल्याण्डको भने १ सय ९९ रेटिङ अंक रहेको छ । ओमानमा हुने टि–२० सिरिजमा जित हात पार्न सके वरियतामा सुधार आउने संभावना छ ।
