Logo

टी–२० ग्लोबल छनोट : पिएनजीले दोस्रो जित निकाल्दा क्यानडाको विजयी सुरुवात

ई-खेलकुद २०७६ कात्तिक ३ , आईतबार ०३:१० मा प्रकाशित

एजेन्सी । युएईमा जारी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगितामा पपुवा न्यु गीनीले दोस्रो जित हात पारेको छ । आज भएको खेलमा नामिबियालाई ८१ रनले हराउदै पिएनजी समुह एको शीर्ष स्थानमा उक्लिएको हो ।
१ सय ९८ रनको बिशाल चुनौती पछ्याएको नामिबिया १७ दशमलव १ ओभरमा १ सय १६ रनमा समेटियो । कप्तान असद भालाले ब्याटिङमा ४८ र बलिङमा ३ विकेट लिएपछि उसको जित सहज बनेको थियो ।
आजै भएको खेलमा क्यानडाले जर्सीलाई ५३ रनले स्तब्ध पार्यो । १ सय ७७ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा उत्रिएको जर्सी १७ ओभरमा १ सय २३ रनमा समेटियो । क्यानडाको जितमा नितिस कुमारले ८३ र नभनेत डालिवालले ३६ रनको योगदान दिए । पहिलो खेलमा शानदार जित हात पारेको जर्सीको यो पहिलो हार हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?