
एजेन्सी । आसन्न टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट अन्र्तगत उद्घाटन खेलमा सिंगापुरले रोमाञ्चक जित हात पारेको छ । आज भएको खेलमा स्कटल्याण्डलाई २ रनले हराउदै सिंगापुरले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
दुबईस्थित आइसीसी क्रिकेट एकेडेमी मैदानमा १ सय ६९ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रनमात्र बनाएपछि सिंगापुर विजयी भएको हो स्कटल्यान्डका जर्ज मुन्शेले सर्बाधिक ४६ रन बनाएको ईनिङसमा काएल कोट्जरले ३८ र कलुम म्याकलेडले ४४ रन बनाए । सिंगापुरका विजय कुमारले ३ तथा सिद्धान्त सिंह र अमजद महबुबले समान २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको सिंगापुरले ६ विकेट गुमाउँदै १ सय ६८ रनको सम्मानजनक योगफल तयार पारेको थियो । उसको जितमा सुरेन्द्रन चन्द्रमोहनले ५१ र अरित्रा दत्तले ३२ रनको योगदान दिए । बिष्फोटक ब्याट्सम्यान टिम डेविड १ रनमा पभेलियन फर्किएको ईनिङसमा मनप्रित सिंह २६ र जनक प्रकाशले २० रन बनाए । स्कटल्यान्डका जोश डेभी र सर्यान शरीफको नाममा समान २ विकेट रह्यो ।
