
एजेन्सी । युएईमा जारी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा आज बिभिन्न ५ खेल हुदैछन् । आजको पहिलो खेलमा बर्मुडा र पपुवा न्यु गीनी प्रतिस्पर्धा गर्नेछन् । आईसीसी एकेडेमी दुबईमा नेपाली समयानुसार पौने १२ बजे यी २ टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । पहिलो खेल खेल लागेका दुबै टोली प्रतियोगितामा सुखद सुरुवातको योजनामा रहेका छन् ।
अपरान्ह ४ बजे ३ खेल हुनेछन् । नाईजेरिया र जर्सी, केन्या र स्कटल्याण्ड तथा नामिबिया र नेदरल्याण्ड्स सो समय आमने सामने हुनेछन् । नाईजेरिया र केन्या पहिलो खेल खेल्न लागेका हुन् । पहिलो खेल गुमाएका केन्या स्कटल्याण्ड दोस्रो खेलमा पहिलो जित निकाल्ने दाउमा रहेका छन् ।
पहिलो खेलमा जित निकालेको नेदरल्याण्ड्स लगातार दोस्रो जितको खोजीमा रहदा नामिबिया भने सुरुवातबाटै सुखद नतिजाको खोजीमा छ ।
आजै राती सवा ९ बजे आयरल्याण्डले घरेलु टोली युएईको सामना गर्नेछ ।
