
एजेन्सी । आयरल्याण्ड र नेदरल्याण्ड्सले युएईमा जारी टी–२० विश्वकपको ग्लोबल छनोटमा विजयी सुरुवात गरेका छन् । आज भएको खेलमा आयरल्याण्डले हङकङलाई तथा नेदरल्याण्ड्सले केन्यालाई हराउदै प्रतियोगितामा सुखद सुरुवात गरेका हुन् ।
आबुदावीमा भएको खेलमा आयरल्याण्डले हङकङलाई ८ विकेटले पराजित गर्यो । हङकङले दिएको १ सय ५४ रनको लक्ष्य आयरल्याण्डले १६ बल अगावै २ विकेट गुमाएर भेट्टायो । उसको जितमा एण्डि बालविर्नीले नटआउट ७० र पउल स्र्टलिङले ६२ रनको योगदान गरे । हेरी टेक्टर २१ रनमा अबिजित रहे । हङकङका अजिज खानले एक विकेट लिए । नेदरल्याण्ड्सका एक ब्याट्सम्यान रनआउट भएका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको हङकङले ५ विकेट गुमाएर १ सय ५३ रनको मध्यम योगफल तयार पारेको थियो । किञ्चीत शाहले ७९ रन बनाएको ईनिङसमा हारोन अर्सदले २० र अजिज खानले १६ रन बनाए । आयरल्याण्डका मार्क अदिरले २ तथा गारेथ डिन्ले , स्टुआर्ट थोम्पसन र डेभिड डिन्लेले समान एक विकेट हात पारे ।
उता दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा नेदरल्याण्ड्सले केन्यालाई ३० रनले हरायो । १ सय ६७ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाएपछि डच टोलीको जित संभव भएको थियो । कोलिन्स ओवुयाले सर्बाधिक ६३ रन बनाएपनि टोलीको जितमा पर्याप्त बन्न सकेन् । राकेप पटेलले २६ रन बनाए । नेदरल्याण्ड्सका पाभेन मिकरेनले ३, फ्रेड क्लेसनले २ तथा ब्रान्डोन ग्लोभर, रोईलोफ भान डेर मेर्वी र टिम भान गुगटेनले समान एक विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रनको उच्च योगफल तयार पारेको थियो ।
