Logo

टी–२० क्रिकेटमा स्कटल्याण्डका कोएटजर र मुन्सीद्धारा पहिलो विकेटका लागि दोहोरो शतकिय साझेदारी

ई-खेलकुद २०७६ भदौ ३० , सोमबार ०९:०९ मा प्रकाशित

एजेन्सी । नेदरल्याण्ड्सविरुद्धको टी २० क्रिकेटमा स्कटल्याण्डका ओपनर काएल कोएटजर र जर्ज मुन्सीले दोहोरो शतकिय साझेदारी गरेका छन् । डुब्लीनमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको.स्कटल्याण्डका लागी पहिलो विकेटका लागि किर्तिमानी २ सय १ रनको साझेदारी बनेको हो । कप्तान कोएटजर ८९ रनमा पहिलो विकेटका रुपमा पभेलियन र्फकदा मुन्सीले शतक बनाए ।
टी–२० क्रिकेट ईतिहासमा पहिलो विकेटका लागि यो हालसम्मको तेस्रो ठुलो साझेदारी हो । १५ दशमलव १ ओभरमा यी २ को साझेदारी तोडिएको थियो । टी–२० क्रिकेटको ईतिहासमा पहिलो विकेटका लागि २ सय रन पार भएको पनि यो तेस्रो पटक हो ।

खेलमा स्कटल्याण्डले ३ विकेट गुमाएर २ सय ५२ रन बनाएपछि नेदरल्याण्ड्सले २ सय ५३ रनको बिशाल लक्ष्य पाएको छ । स्कटल्याण्डले बनाएको २ सय ५२ रनको योगफल टि–२० क्रिकेटमा छैठौ उच्च योगफल समेत हो । आयरल्याण्ड, स्कटल्याण्ड र नेदरल्याण्डसबिच अहिले त्रिकोणात्मक सिरिज चलिरहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?