Logo

टी–२० क्रिकेटमा बंगलादेशले पहिलो पटक ईण्डियालाई हरायो

ई-खेलकुद २०७६ कात्तिक १८ , सोमबार ०६:११ मा प्रकाशित

एजेन्सी । ईण्डियाबिरुद्धको पहिलो टी–२० क्रिकेटमा बंगलादेश विजयी भएको छ । घरेलु टोलीलाई ७ विकेटले हराउदै भ्रमणकारी टोली बंगलादेशले ३ म्याचको सिरिजमा १–० को अग्रता बनाएको छ । टी–२० क्रिकेटमा बंगलादेशले पहिलो पटक ईण्डियालाई हराउदै भारत भ्रमण ऐतिहासिक बनाएको हो । ईण्डियाले दिएको १ सय ४९ रनको चुनौती बंगलादेशले ३ बल अगावै ३ विकेट गुमाएर भेट्टायो । मुस्फिकर राहिमले अविजित ६० र सौम्य सरकारले ३९ रन बनाएपछि बंगलादेशले सहज रुपमा लक्ष्य भेट्टाएको हो । महम्मद नाईमले २६ र ममाुदुल्लाहले १५ रनको योगदान गरे । ईण्डियाका दिपक चाहार, खलिल अहमद र युजवेन्द्र चहालले समान एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको ईण्डियाले ६ विकेट गुमाएर १ सय ४८ रनको मध्यम योगफल तयार पारेको थियो । शिखर धवनले ४१ र रिषब पन्तले २७ रन बनाएको ईण्डियाका लागि श्रेयस ऐरले २२ रन बनाए । अन्यले उल्लेख्य ब्याटिङ गर्न सकेनन् ।
बंगलादेशका सैफुल ईस्लाम र अमिनुल ईस्लामले समान २ तथा अफिफ हुसैनले १ विकेट लिए ।
दुई राष्ट्रबिचको दोस्रो टि–२० क्रिकेट बिहिबार राजकोटमा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?