Logo

टी–२० क्रिकेटमा जिम्बावेबिरुद्ध बंगलादेशको सहज जित

ई-खेलकुद २०७६ असोज १ , बुधबार ०९:०९ मा प्रकाशित

एजेन्सी । जिम्बावेबिरुद्धको टी–२० क्रिकेटमा बंगलादेशले सहज जित हात पारेको छ । त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा बंगलादेशले ३९ रनको जित हात पारेको हो । चाट्टोग्राममा १ सय ७६ रनको उच्च लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।
रिचमोण्ड मुटुम्भानीले सर्बाधिक ५४, केल जार्भीसले २७ र हेमिल्टन मासाकाट्जाले २५ रन बनाएको जिम्बावेको ईनिङसमा अन्यले उल्लेख्य ब्याटिङ गर्न सकेनन् ।
बंगलादेशका सैफुल ईस्लामले ३, अमिनुल ईस्लाम र मुस्ताफिजुर रहमानले समान २ तथा साकिव अल हसन र महम्मद सैफुदिनले समान एक विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रनको उच्च योगफल तयार पारेको थियो । मामुदुल्लाहले सर्बाधिक ६२ रन बनाएको ईनिङसमा लिटोन दासले ३८ र मुस्फिकर राहिमले ३२ रनको योगदान गरे । जिम्बावेका केल जार्भीसले ३ तथा क्रिस पोफुले २ विकेट लिए ।

 

ई खेलकुद – सबै खेलकुदको एकै संगमस्थल


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?