Logo

टि–२० क्रिकेटमा नेपालको नयाँ किर्तिमान

ई-खेलकुद २०७८ वैशाख ११ , शनिबार ०३:०४ मा प्रकाशित

काठमाण्डौ । नेपालले अन्तराष्ट्रिय टि–२० क्रिकेटमा नयाँ किर्तिमान बनाएको छ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टि–२० क्रिकेटको फाईनलमा नेदरल्याण्ड्सलाई २ सय ३९ रनको लक्ष्य दिदै नयाँ किर्तिमान बनाएको हो । नेपालले विपक्षी टोलीलाई दिएको यो नै हालसम्मकै सर्बाधिक ठुलो लक्ष्य हो । यसअघि नेपालले भुटानबिरुद्ध २ सय ३५ रन बनाएको थियो ।
१३ ओ दक्षिण एसियाली खेलकुद सागको पुरुष क्रिकेटमा भुटानलाई २ सय ३६ रनको चुनौती दिएको नेपालको सोहि स्कोर उच्च थियो । तर त्रिकोणात्मक सिरिजमा बलियो टोली नेदरल्याण्ड्सलाई २ सय ३९ रनको लक्ष्य दिदै नेपालले सो किर्तिमान भंग गरेको हो ।
सो क्रममा नेपालका २ ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । कुशल भुर्तेलले ७७ र कुशल मल्लले अबिजित ५० रनको पारि खेलेका थिए । उपकप्तान दिपेन्द्रसिंह ऐरी ४८ रनमा नटआउट रहदा अर्धशतक बनाउन २ रनले चुके । आफ्नो ईनिङसमा नेपालले १५ छक्का र १९ चौका प्रहार गरेको थियो ।

किर्तिमान नेपाल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?