
एजेन्सी । युएईमा जारी टि–१० क्रिकेट लिगको आफ्नो दोस्रो खेलमा नेपाली अलराउण्डर पारस खड्काआबद्ध टिम आबुदावीले पहिलो जित हात पारेको छ । आज भएको खेलमा आबुदाबीले नर्दन वारियर्सलाई ६ विकेटले हराएको हो । वारियर्सले दिएको ९३ रनको लक्ष्य आबुदाबीले ९ बल अगावै ४ विकेट गुमाएर भेट्टायो । आबुदाबीको जितमा लुक राईटले ४८ र कप्तान मोईन अलीले ३० रनको योगदान गरे । मात्र १ बल खेलेका पारस १ रनमा अबिजित रहे ।
यसअघि आबुदावीस्थित शेख जेयाद अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेको नर्दन वारियर्सले निर्धारित ओभरमा १ विकेट गुमाएर ९२ रनको योगपल तयार पारेको थियो । उसका लागि आन्द्रे रसेलले सर्बाधिक ३७ रन बनाए । यो जितसंगै आबुदाबीले सुपर सिक्स राउण्डमा स्थान बनाएको छ ।
