Logo

टि–१० क्रिकेट लिग : कर्नाटकाद्धारा बंगला टाईगर्ससामु १ सय १५ रनको उच्च चुनौती

ई-खेलकुद २०७६ मंसीर १ , आईतबार ०८:११ मा प्रकाशित

एजेन्सी । युएईमा जारी टि–१० क्रिकेट लिग अन्तर्गत आजको दोस्रो खेलमा कर्नाटका टस्कर्सले बंगला टाईगर्ससामु १ सय १५ रनको बिशाल चुनौती प्रस्तुत गरेको छ । आबुदाबीस्थित शेख जायेद क्रिकेट मैदानमा टस जितेको बंगलाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको कर्नाटकाले निर्धारित ओभरमा १ विकेट गुमाएर १ सय १४ रनको उच्च योगफल तयार पारेको हो ।
उसका लागि जोनसन कार्लेसले ५७ र कप्तान हासिम अम्लाले अबिजित ४७ रन बनाए । १ सय १५ रनको लक्ष्यसहित बंगला टाईगर्सले केहिबेरमा जवाफि ब्याटिङ सुरु गर्नेछ ।
कर्नाटकाले आजको खेलमा पनि लेगस्पिनर सन्दिपलाई टोलीमा राखेको छ । पहिलो खेलमा १९ रन खर्चेर १ विकेट लिएका सन्दिपलाई लगातार दोस्रो खेलमा पनि मैदान उतारेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?