Logo

टि–१० क्रिकेट लिगमा सन्दिप र पारसको टोली भिड्दै

ई-खेलकुद २०७६ मंसीर ६ , शुक्रबार ०९:११ मा प्रकाशित

एजेन्सी । युएईमा जारी टि–१० क्रिकेट लिगमा आज २ नेपाली खेलाडी आबद्ध रहेका क्लब कर्नाटका र टिम आबुदाबी एक अर्काबिरुद्ध मैदान उत्रदैछन् । समुहचरणमा फरक समुहमा रहेपनि सुपर लिगको खेलमा यी दुई टोलीबिच प्रतिस्पर्धा हुन लागेको हो । आबुदाबीस्थित शेख जायेद अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार राती पौने १० बजे यी २ टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । सुपर लिगको खेलमा खराब प्रर्दशन आएका दुबै टोली जित हात पार्दै प्लेअफ प्रबेशको संभावना कायम राख्ने योजनामा रहेका छन् । मोईन अली कमानीको आबुदाबी ४ अंकमा तालिकाको छैटौ स्थानमा रहेको छ भने हासिम अम्ला कमानीको कर्नाटका ३ अंकमा तालिकाको पुछारमा रहेका छन् ।
आजको खेलमा कर्नाटकाले सन्दिपलाई प्लेईङ सेटमा राख्ने संभावना उच्च रहेपनि आबुदाबीबाट पारस मैदान उत्रने संभावना भने न्युन रहेको छ । पछिल्ला ३ खेलमा बेन्चमै सिमित बनेका आबुदाबीले आजको खेलमा मैदान उतार्ने संभावना न्युन रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?