Logo

टि–१० क्रिकेटमा सन्दिपको टोली कर्नाटका टस्कर्सले आज प्रतिस्पर्धा गर्दै

ई-खेलकुद २०७६ कात्तिक ३० , शनिबार ०९:११ मा प्रकाशित

एजेन्सी । युएईमा जारी टि–१० क्रिकेट लिगमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेआबद्ध कर्नाटका टस्कर्सले दिल्ली बुल्ससंग प्रतिस्पर्धा गर्दैछ । आबुदाबीस्थित शेख जियाद अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार राती साडे ७ बजे यी २ टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । हासिम अम्ला कमानीको कर्नाटकाले सन्दिपलाई पहिलो खेलमै मैदान उतार्ने संभावना छ । टोलीमा अधिकांश खेलाडी ब्याट्सम्यान रहेकाले बलरका रुपमा सन्दिपले प्लेईङ सेटमा सहज रुपमा स्थान बनाउने अनुमान छ ।
यसअघि नेपाली टोलीका पुर्बकप्तान पारस खड्काले गएराती टिम आबुदाबीबाट अन्तराष्ट्रिय फ्रेन्चाईज क्रिकेटमा डेब्यु गरेका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?