Logo

टि–१० क्रिकेटमा पारसको टोली आबुदावी र टिम कलन्दर्सले अंक बाँडे

ई-खेलकुद २०७६ कात्तिक ३० , शनिबार १२:११ मा प्रकाशित

एजेन्सी । युएईमा जारी टि–१० क्रिकेटको आफ्नो पहिलो खेलमा पारस खड्का आबद्ध टिम आबुदाबीले टिम कलन्दर्ससंग अंक बाँडेको छ । आज भएको खेलमा दुबै टोलीले समान रन बनाएपछि एक एक अंक बाँडेका हुन् । १ सय ४ रनको चुनौती पछ्याएको कलन्दर्सले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ३ रन नै बनाएपछि खेल बराबरी भएको हो । अन्तिम बलमा जितका लागि २ रन आवश्यक भएपनि कलन्दर्सले १ रन मात्र बनाएपछि दुबै टोलीको अंक बराबर भएको हो ।
यसअघि युएईको आबुदाबीस्थित शेख जायद अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको टिम आबुदाबीले ५ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो । डेब्यु खेलमा पारसले ३ बलमा अबिजित ३ रन बनाए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?