Logo

टि–१० क्रिकेटमा कर्नाटका टस्कर्स, टिम कलन्दर्ससंग पराजित, ब्याटिङमा सन्दिपको ५ रन

ई-खेलकुद २०७६ मंसीर ५ , बिहीबार ०९:११ मा प्रकाशित

एजेन्सी । युएईमा जारी टि–१० क्रिकेट लिग अन्तर्गत सुपर लिगको खेलमा टिम कलन्दर्सले कर्नाटका टस्कर्सलाई ३२ रनले पराजित गरेको छ । आज भएको खेलमा १ सय ३० रनको लक्ष्य पछ्याएको कर्नाटकाले ९ विकेट गुमाएर ९८ रनमै रोकिएपछि कलन्दर्सले फराकिलो जित हात पारेको हो । यो हारसंगै प्लेअफ पुग्ने कर्नाटकाको संभावना न्युन भएको छ ।
रायन टेन डोस्काटेले सर्बाधिक २५ रन बनाएको कर्नाटकाको ईनिङसमा जोनसन कार्लेसले २४ र रोस विस्टिलीले १५ रन बनाए । सन्दिपले समेत ब्याटिङको अवसर पाएको खेलमा उनले ७ बलमा ५ रन जोड्दै पभेलियन फर्किए ।
कलन्दर्सका सुल्तान अहमद र जर्ज गार्टोनले समान २ तथा लाहिरु कुमारा, मुजिवउर रहमान, सीकुगे प्रसन्न र क्रिस जोर्डनले समान एक विकेट लिए ।
यसअघि आबुदाबीस्थित शेख जायेद क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको कलन्दर्सले ७ विकेट गुमाउदै १ सय ३० रनको उच्च योगफल तयार पारेको थियो । सन्दिप लामिछानेले एलबीडब्लु धरापमा पार्नुअघि टम बेनटोनले ८० रन बनाए । मात्र २८ बल खेलेका उनले ६ छक्का र ९ चौका प्रहार गरे । लाउरी ईभान्सले १७ र डाविड मालान र सुल्तान अहमदले समान ११ रन बनाए । कलन्दर्सका सन्दिप लामिछाने र अहमद राजाले समान २ तथा केसरिक विलियम्स र नाथन रिमङटोनले समान एक विकेट लिए । सन्दिपले आफ्नो स्पेलमा ३० रन खर्चेर २ विकेट हात पारेका हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?