Logo

टिम कलन्दर्सद्धारा कर्नाटकासामु १ सय ३१ रनको उच्च लक्ष्य, ३० रन खर्चदा सन्दिपलाई २ विकेट

ई-खेलकुद २०७६ मंसीर ५ , बिहीबार ०८:११ मा प्रकाशित

एजेन्सी । युएईमा जारी टि–१० क्रिकेट लिग अन्तर्गत सुपर लिगको खेलमा टिम कलन्दर्सले कर्नाटका टस्कर्ससामु १ सय ३१ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ । आबुदाबीस्थित शेख जायेद क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको कलन्दर्सले ७ विकेट गुमाउदै १ सय ३० रनको उच्च योगफल तयार पारेको हो ।
सन्दिप लामिछानेले एलबीडब्लु धरापमा पार्नुअघि टम बेनटोनले ८० रन बनाए । मात्र २८ बल खेलेका उनले ६ छक्का र ९ चौका प्रहार गरे । लाउरी ईभान्सले १७ र डाविड मालान र सुल्तान अहमदले समान ११ रन बनाए ।
कलन्दर्सका सन्दिप लामिछाने र अहमद राजाले समान २ तथा केसरिक विलियम्स र नाथन रिमङटोनले समान एक विकेट लिए । सन्दिपले आफ्नो स्पेलमा ३० रन खर्चेर २ विकेट हात पारेका हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?