Logo

टाईगर कप भलिबलमा न्यु डायमण्ड र पुलिसको विजयी सुरुवात

ई-खेलकुद २०७७ माघ २७ , मंगलबार ०४:०२ मा प्रकाशित

पोखरा । पोखरामा सुरु टाईगर कप आमन्त्रीत राष्ट्रिय भलिबल प्रतियोगीतामा न्यु डाईमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले विजयी सुरु वात गरेका छन् । पोखरा रंगशालामा विभागीय टोली त्रिभुवन आर्मीलाई ३–२ को सेटले हराउदै न्यु डायमण्डले प्रतियोगीतामा सुखद सुरुवात गरेको हो ।
न्यु डाईमण्डले आर्मीबिरुद्ध २५–१२, २२–२५, १८–२५,२७–२५ र १५–१३ को नतिजा आत्मासात गर्यो ।
पुलिसले अर्को विभागीय टोली नेपाल एपीएफलाई सोझो सेटले स्तब्ध पार्यो । बलियो टोली एपीएफबिरुद्ध कतर्फि जित निकाल्ने क्रममा पुलिसले २६–२४, २५–२२ र २५–११ को नतिजा निकाल्यो । जितसंगै पुलिसले पहिलो खेलबाटै अंक जोडेको छ । एपीएफले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषतर्फ समान ४ टोलीको सहभागीता छ । फागुन १ गतेसम्म चल्ने प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितियले ७५ हजार तथा तृतियले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?