Logo

टाईगर कप भलिबलको फाईनल खेल आज

ई-खेलकुद २०७७ फागुन १ , शनिबार ०७:०२ मा प्रकाशित

पोखरा । पोखरामा जारी प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको दुबै फाईनल खेल आज हुदैछ । पोखरा रंगशालामा पुरुषतर्फको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र गण्डकी प्रदेश तथा महिलातर्फको उपाधिका लागि नेपाल एपीएफ र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फको फाईनल खेल मध्यान्ह १२ बजे हुनेछ भने पुरुषतर्फको उपाधि भिडन्त दिउँसो २ बजेका लागि तय गरिएको छ ।
पहिलो संस्करणकै उपाधि जित्ने योजनामा रहेका एपीएफ र पुलिस एकअर्कालाई हराउदै उपाधि हात पार्ने लक्ष्यमा छन् । लिग चरणमा भएको भेटमा पुलिसले एपीएफलाई हराएको थियो । फाईनलमा पनि पुलिस सोहि लय कायमै राख्ने योजनामा रहदा एपीएफ भने त्यसको बदला लिदै उपाधि उचाल्ने योजनामा छ ।
पुरुषतर्फको फाईनलमा पनि घरेलु र विभागीय दुबै टोली उपाधि आफ्नो पक्षमा पार्ने योजनामा रहनेछन् । लिग चरणमा गण्डकीले आर्मीलाई ३–१ को सेटले हराएको थियो । घरेलु टोली उच्च मनोबलसहित उपाधि घरैमा राख्ने योजनामा रहदा आर्मी भने लिगचरणमा ब्योहोरेको हारको बदला लिदै उपाधि जित्ने लक्ष्यमा रहेको छ ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको दुबैतर्फका विजेताले समान १ लाख ५० हजार पाउने छन् । यस्तै उपविजेताले ७५ हजार हात पार्नेछन् । सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् ।

टाइगर कप राष्ट्रिय क्लब भलिबल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?