Logo

टाईगर कप भलिबलको पुरुषतर्फ गण्डकी र आर्मी तथा पुलिस र एपीएफ भिड्दै

ई-खेलकुद २०७७ माघ २८ , बुधबार ०८:०२ मा प्रकाशित

पोखरा । पोखरामा जारी प्रथम टाईगर कप आमन्त्रीत राष्ट्रिय भलिबल प्रतियोगीतामा आज ३ खेल हुदैछन् । आज पुरुषतर्फका २ र महिलातर्फको एक खेल हुन लागेको हो । पोखरा रंगशालामा हुने प्रतियस्पर्धा अन्र्तगत पुरुषतर्फको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबिचको प्रतिस्पर्धा बिहान साढे १० बजे सुरु हुनेछ ।
त्यस्तै अर्को खेलमा मध्यान्ह साढे १२ बजे दुई विभागीय टोली नेपाल पुलिस र एपीएफ प्रतिस्पर्धामा उत्रनेछन् ।
महिलातर्फ भने आज एक मात्र खेल हुनेछ । आज त्रिभुवन आर्मी र नेपाल पुलिसको टोली प्रतिस्पर्धामा उत्रनेछन् ।
यसअघि हिजो भएका खेलमा महिलातर्फ न्यु डायमण्ड र पुलिस तथा पुरुषतर्फ नेपाल पुलिस क्लब विजयी भएका थिए ।
प्रतियोगीताको महिला र पुरुष दुबै तर्फका विजेताले १ लाख ५० हजार रुपैयाप्राप्त गर्नेछन् ।

टाईगर कप राष्ट्रिय भलिबल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?