Logo

टाईगर कप क्लब भलिबलको पुरुषतर्फको उपाधि गण्डकीलाई

ई-खेलकुद २०७७ फागुन १ , शनिबार ०६:०२ मा प्रकाशित

पोखरा । टाईगर कप आमन्त्रीत क्लब भलिबल च्याम्पियनसीप अन्तर्गत पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ । पोखरा रंगशालामा आज भएको फाईनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई ३–२ को सेटले हराउदै गण्डकीले उपाधि उचालेको हो ।
पहिलो सेटमा २५–२२ को नतिजा निकालेको गण्डकीले दोस्रो सेट २१–२५ ले गुमाएको थियो । तेस्रो सेटमा ३२–३० जित निकालेपनि चौथो सेटमा आर्मीले २५–२३ को नतिजा निकालेपछि पाँचौ सेट निर्णायक बनेको हो । अन्तिम सेटमा १५–११ को जित निकाल्दै गण्डकीले उपाधि उचालेको हो ।
उपाधिसंगै गण्डकीले १ लाख ५० हजार रुपैया हात पार्यो । उपविजेता आर्मीले ७५ हजारमा चित्त बुझायो ।
च्याम्पियनसिपमा गण्डकीका घनश्याम चौधरी र पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सर्वोत्कृष्ट बनेका दुबैले जनही २०–२० हजार प्राप्त गरे ।
बिधागतको पुरुषतर्फ आर्मीका धन बहादुर भट्ट उत्कृष्ट स्पाइकर, हरि अधिकारी उत्कृष्ट ब्लकर, गण्डकीका सुजन चोखाल उत्कृष्ट सेटर राजन दर्लामी मगर उत्कृष्ट डिफेन्डर चुनिए । महिलातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, हिरा केसी उत्कृष्ट ब्लकर, न्यु डाईमण्डकी प्रतिभा माली उत्कृष्ट सर्भर र नेपाल पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट डिफेन्डर घोषित भईन् । बिधागत उत्कृष्टले जनही ५ हजार रुपैया पाए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?