Logo

टस जितेको बंगलादेशले नेपाललाई दियो ब्याटिङको निम्तो

ई-खेलकुद २०७६ भदौ २२ , आईतबार ०९:०९ मा प्रकाशित

काठमाण्डौ । श्रीलंकामा जारी अण्डर १९ एसियाकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा टस जितेको बंगलादेशले नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।
पहिलो खेलमा युएईलाई सहज रुपमा पराजित गरेको बंगलादेश अर्को एसोसिएट राष्ट्र नेपालबिरुद्ध पनि त्यस्तै जितको अपेक्षामा रहेको छ । आयोजक श्रीलंकासंग पहिलो खेलमा हार भोगेको नेपाललाई सेमिफाइनल प्रबेशको संभावना कायम राख्न बंगलादेशबिरुद्ध जित्नै पर्ने दबाव रहेको छ ।
नेपाल र बंगलादेशबिच उमेर समुहमा भएको पछिल्ला ५ भेटमा ४ खेलमा बंगलादेश बिजयी भएको छ । एक खेल भने बर्षाले अबरुद्ध भएको छ । नेपाल र बंगलादेशबिच पछिल्लो पटक २०१७ को युथ एसियाकपमा भेट भएको थियो । जसमा १ बल अगावै लक्ष्यमा पुगेर बंगलादेशले जित हात पारेको थियो । नेपालबिरुद्धको खेलमा हाबी हुदै आएको बंगलादेश यसपटक पनि यसलाई निरन्तरता दिदै एक खेल अगावै सेमिफाइनल पुग्न चाहान्छ । बलियो टोली बंगलादेशलाई हराउदै सेमिफाइनल प्रबेशको संभावना कायमै राख्न नेपाललाई भने निक्कै मेहनत आबश्यक छ । आजै श्रीलंका र युएईबिचपनि प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?