
काठमाण्डौ । ओमानमा जारी ५ राष्ट्र सहभागी टि–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले अहिले नेदरल्याण्ड्ससंग प्रतिस्पर्धा गरिरहेको छ । ओमानको एमिरातमा टस जितेको नेपालले फिल्डिड़ गर्ने निर्णय गरेको छ ।
पछिल्ला ५ भेटमा १ मात्र जित निकालेको नेपाल, डच टोलीबिरुद्ध प्रर्दशन सुधार गर्दै आफु अनुकुलको नतिजा निकाल्ने योजनामा छ । नेपाललाई ३ खेलमा हराईसकेको नेदरल्याण्ड्स सोहि लयलाई निरन्तरता दिने प्रयासमा हुनेछ । पछिल्लो पटक लण्डनको मेरिलिबोन क्रिकेट क्लबले आयोजना गरेको टि–२० सिरिजमा बर्षाका कारण नेपाल र नेदरल्याण्ड्सबिचको खेल रद्द भएको थियो ।
आजै हङकङ र आयरल्याण्डपनि आमने सामने हुदैछन् । सोहि मैदानमा यी २ राष्ट्रबिचको खेल नेपाली समयानुसार अपरान्ह सवा ३ बजे सुरु हुनेछ ।
