Logo

टटनह्याम, म्यान सिटी र चेल्सी एफए कपको चौथो चरणमा

ई-खेलकुद २०७७ पुस २७ , सोमबार ०८:०१ मा प्रकाशित

एजेन्सी । टटनह्याम, म्यानचेष्टर सिटी र चेल्सी एफ ए कप फुटबलको चौथो चरणमा प्रबेश गरेका छन् । तेस्रो चरणको खेलमा मारिनलाई ५–० को फराकिलो अन्तरले हराउदै टटनह्यामले अघिल्लो चरणमा स्थान बनाएको हो । कार्लोस भिनिसियसको ह्याट्रिकमा टटनह्यामले शानदार जित हात पारेको हो । उनले २४, ३० र ३७ औ मिनेटमा गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पुरा गरेका थिए । लुकास मौरा र एल्फि डिभिनले एक एक गोल थपे । म्यान सिटीले बर्मिङघम सिटीलाई ३–० ले हरायो । बर्नाण्डो सिल्भाले २ तथा फिल फोडेनले एक गोल गर्दै टोलीलाई सहजै अघिल्लो चरणमा पुर्याए । उसले सबै गोल खेलको पहिलो हाफमै गरेको थियो । मोरेकाम्बेलाई ४–० ले हराउदै चेल्सीले पनि अन्तिम ३२ को यात्रा तय गर्यो । घरेलु मैदानमा चेल्सीलाई जिताउन मासन माउण्ट, टिमो वेर्नर, कलुम हडसन ओडोई र काई हार्भट्जले गोल गरे । पहिलो हाफमा २–० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा २ गोल थप्दै सहज जित हात पारेको हो ।
अन्य खेलहरुमा जित निकाल्दै ब्रिस्टोल सिटी, ब्राईटन एण्ड होभ एल्बियन र क्राउली टाउनले पनि चौथो चरणमा स्थान सुरक्षित गरेका छन् ।

एफ ए कप म्यानचेष्टर सिटी

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?