Logo

टटनह्याम च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा

ई-खेलकुद २०७६ मंसीर ११ , बुधबार ०९:११ मा प्रकाशित

एजेन्सी । टटनह्याम च्याम्पियन्स लिग फुटबलको नकहाउट चरणमा प्रबेश गरेको छ । पछिल्लो खेलमा गएराती ओलम्पियाकोशलाई ४–२ ले हराउदै टटनह्यामले प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गरेको हो । पहिलो हाफमा २–१ ले पछि परेको अवस्था उल्टाउदै टटनह्यामले पुनरागमन जित हात पारेको हो । दोस्रो हाफमा हेरी केनले २ तथा सर्जी अरियरले १ गोल गर्दै टोलीको जित निश्चित पारे । पहिलो हाफमा डेल अलीले टटनह्यामका लागि गोल गरेका थिए ।
अन्य खेलहरुमा बार्यन म्युनिखले रेडस्टार बेल्ग्रेडलाई ६–० को फराकिलो अन्तरले हरायो । रोबर्ट लेवान्डोस्की एक्लैले ४ गोल गरेपछि वार्यन फराकिलो जित निकाल्न सफल बन्यो । अपराजित यात्रा जारी राख्ने क्रममा युभेन्टसले एटलेटिको मड्रिडलाई १–० ले पराजित गर्यो । उसको जितमा पहिलो हाफको ईन्ज्युरी समयमा डेवालाले गरेको गोल निर्णायक बन्यो । एटलान्टाले डाईनामो जाग्रेभलाई २–० ले हराउदा लोकोमोटिभ मस्को वायर लिभरकुसानसंग २–० ले स्तब्ध भयो ।
गएरातीका अन्य ३ खेल भने बराबरीमा सकिएका छन् । गालातासारे र क्लब ब्रुज तथा साख्तार डोनेत्स र म्यानचेष्टर सिटिले एक एकको बराबरी खेल्दै अंक बा“डेका छन् । रियल मड्रिड र पेरिस सेन्ट जर्मेन पीएसजीले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?