Logo

टटनह्यामलाई हराएको वेष्टह्याम चौथो स्थानमा

ई-खेलकुद २०७७ फागुन ९ , आईतबार ०८:०२ मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा वेष्टह्याम विजयी भएको छ । बलियो टोली टटनह्यामलाई २–१ गोल अन्तरले हराउदै वेष्टह्याम तालिकाको चौथो स्थानमा पुगेको हो ।
वेस्टह्यामलाई संर्घषपुर्ण जित दिलाउन मिखाइल एन्टोनियो र जेसे लिंगार्डले गोल गरे । टटनह्यामका लुकास मौराले एक गोल फर्काए । खेलको पाँचौं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाए । ४७ औं मिनेटमा लिंगार्डले गोल गरेपछि पाहुना टोली २–० को बलियो अबस्थामा पुग्यो । ६४ औं मिनेटमा लुकासले गोल गर्दै टटनह्यामलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यसपछिको समय थप गोल गर्न नसक्दा टटनह्याम हार भोग्न बाध्य भयो । खेलमा अधिकांश समय वेष्टह्यामलाई दबावमा राखेपनि टटनह्यामका आधा दर्जनबढि अवसर खेर गएका थिए । वेस्टह्यामले २५ खेलमा ४५ अंक जोड्दै तालिकाको चौंथो स्थानमा पुगेको हो । टटनह्याम ३६ अंकमा तालिकाको नवौ स्थानमा छ ।

प्रिमियर लिग वेष्टह्याम

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?