Logo

टटनह्यामको पोष्टमा बार्यनको ७ गोल, म्यानचेष्टर सिटि र युभेन्टसको जित

ई-खेलकुद २०७६ असोज १५ , बुधबार ०६:१० मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएरातीका खेलमा बार्यन म्युनिख, म्यानचेष्टर सिटि, युभेन्टस र पेरिस सेन्ट जर्मेन पिएसजी बिजयी भएका छन् । बार्यनले ईङलिस क्लब टटनह्यामलाई ७–२ को फराकिलो अन्तरले पराजित गर्यो । पहिलो हाफमा २–१ को अग्रता बनाएको बार्यनले दोस्रो हाफमा १ गोल खाँदै ५ गोल थपेको थियो । दोस्रो हाफमा सर्जी नाब्री चम्किदै ४ गोल गरेपछि बार्यन फराकिलो जित निकाल्न सफल बन्यो । यो जितसंगै बार्यन ६ अंकमा समुह बीको शीर्ष स्थानमा जमेर बसेको छ । सोहि समुहकै खेलमा रेड स्टार बेल्ग्रेडले ओलम्पियाकोसलाई ३–१ ले स्तब्ध पार्यो ।
समुह सी अन्तर्गतको खेलमा म्यानचेष्टर सिटिले डाईनामो जाग्रेभलाई २–० ले हरायो । लगातार दोस्रो जित निकाल्ने क्रममा सिटिका लागि राहिम स्र्टलिङ र फोडेनले एक एक गोल गरे । अर्को खेलमा साख्तार डोनेत्सकले एटलान्टालाई २–१ ले स्तब्ध पार्यो ।
युभेन्टसले बार्यन लिभरकुसानलाई ३–० ले हराउदा लोकोमोटिभ मस्को एट्लेटिको मड्रिडसंग २–० ले स्तब्ध भयो । गोन्जालो हिगुईन, फेडरिको बेर्नारडेसी र क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई पहिलो जित दिलाए ।
गएराती नै रियल मड्रिड क्लब ब्रुजसंग २–२ को बराबरीमा रोकिदा पेरिस सेन्ट जर्मेन पिएसजीले गालातासारेबिरुद्ध १–० को संर्घषपुर्ण जित निकाल्यो । लगातार जितसंगै पिएसजी समुह ए को शीर्ष स्थानमा जमेर बसेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?