Logo

झापा–११ लाई हराउदै एपीएफ सेमिफाइनलमा

ई-खेलकुद २०७६ असोज ५ , आईतबार ०८:०९ मा प्रकाशित

बेलबारी । विभागीय टोली नेपाल एपीएफ लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको सेमिफाइनलमा प्रबेश गरेको छ । आज भएको खेलमा झापा ११ लाई २–० ले हराउदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो ।
लक्ष्मीमार्गस्थित लक्ष्मी माबिको खेल मैदानमा एपीएफलाई जिताउन रोहित थापा र हरी कार्कीले एक एक गोल गरे । २६ औ मिनेटमा थापाको गोलबाट अग्रता बनाएको एपीएफका लागि कार्कीले ७० औ मिनेटमा अग्रता दोब्बर पारेका थिए ।
झापाले खेलमा निक्कै राम्रा अवसर पाएपनि एपीएफका गोलरक्षक राजु नगरकोटी त्यसमा बाधक बनेका थिए । उनी म्यान अफ दि म्याच समेत घोषित भए । उनले ५ हजार रुपैया प्राप्त गरे ।
प्रतियोगितामा भोली गोर्खा ब्वाईज क्लब रुपन्देहि र महद भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौबिच प्रतिस्पर्धा हुनेछ । गोल्डकपको विजेताले ५ लाख रुपैया हात पार्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?