Logo

झापा स्पोर्टस् अवार्ड असोज १३ मा हुने, २९ गते मनोनयन सुची सार्बजनिक गरिने

ई-खेलकुद २०७६ भदौ १७ , मंगलबार ११:०९ मा प्रकाशित

झापा । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करण आगामी असोज १३ गते गर्ने भएको छ । एनएसजेएफले स्पोर्टस् अवार्ड ०७५ को तयारीबारे आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मञ्चले पछिल्लो दुई बर्षदेखि ‘झापा स्पोर्टस् अवार्ड’ आयोजना गर्दै आएको छ । साविक मेची अञ्चल (झापा, इलाम, पाँचथर र ताप्लेजुङ) का खेलाडी तथा खेल क्षेत्रमा लाग्ने व्यक्तित्वहरुको प्रोत्सहान र सम्मानका लागि स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको मञ्चका जिल्ला अध्यक्ष हिमाल खरेलले बताउनुभयो ।
अवार्डमा सबैखाले खेलका खेलाडी तथा प्रशिक्षकहरुले सहभागीता जनाउन पाउने उहाले बताउनुभयो । एनएसजेएफ झापाले बर्ष खेलाडी (पुरुष) र (महिला), बर्ष खेलाडी (युवा), उत्कृष्ट बर्ष प्रशिक्षक, पीपुल्स च्वाइँस र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्दै आएको छ । पीपुल्स च्वाइँस र लाइफटाइम बाहेक चार विधामा तीन/तीन जना खेलाडी मनोनयनमा पर्नेछन् । उनीहरुमध्येबाट बर्ष खेलाडी घोषित हुने पुरुषले एक थान मोटरसाइकल, बर्ष खेलाडी महिलाले एक थान स्कुटर, बर्ष खेलाडी युवा र उत्कृष्ट बर्ष प्रशिक्षकले जनही नगद २५ पुरस्कार प्राप्त गर्नेछन् ।

पीपुल्स च्वाइँसले पनि नगद २५ हजार तथा लाइफटाइम प्राप्त गर्नेले नगद ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । अवार्डअन्तर्गत खेलाडी मनोनयनको सूची भदौं २९ गते सार्वजनिक गर्ने अवार्ड संयोजन समितिका संयोजक बुद्ध तामाङले जानकारी दिनुभयो ।
अवार्डका लागि अध्यक्ष खरेलको नेतृत्वमा ५९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै आर्थिक, प्राविधिक, स्वागत सत्कार र स्वयम्सेवक उपसमितिहरु समेत गठन गरिएको छ । अवार्ड कार्यक्रम सम्पन्न गर्न करीब १२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?