Logo

झापा एफसी : स्वामित्वमा २ क्लब, कुन हो आधिकारिक ?

ई-खेलकुद २०७८ पुस २५ , आईतबार ०६:०१ मा प्रकाशित

झापा । मोफसलको फुटबलमा एउटा छुट्टै पहिचान बनाएको क्लब हो झापा एफसी । तर यहि नाममा अस्तित्वमा रहेका २ क्लबका कारण कुन क्लब आधिकारिक हो भन्ने टुंगो लाग्न कठिन छ । मोफसलका चर्चित प्रतियोगीता खेल्दै आएको झापा फुटबल क्लब विर्तामोडमा रहेको क्लब हो । झापा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष जलकुमार गुरुङको छत्रछाँयामा रहेको यो क्लबले झापा एफसीका नाममा मुलुकभित्र र बाहिर धेरै प्रतियोगीता खेल्दै आएको छ । यो क्लब २०७६ सालमा स्थापना भएको  हो । एन्फाका पनि उच्च पदाधिकारीको सदासयतामा यो क्लबले राम्रै सुबिधाहरुको पनि उपयोग गरिरहेको छ ।

 
तर झापा एफसीको अस्तित्व भने यसअघि नै रहेको थियो । झापाको राजगढमा बि.स.२०६७ सालमै झापा एफसी नामको क्लब दर्ता गरि फुटबलका गतिबिधि गर्दै आएको थियो । उसले अहिलेपनि सोही नाममा स्थानीय, जिल्ला र क्षेत्रीयस्तरका प्रतियोगीता खेल्दै आएको छ । झापा एफसीले पछिल्लो पटक सी डिभिजन छनोटपनि खेलिसकेको छ । स्थानीय अर्पण बिक्रम खड्काले कम्पनीकै रुपमा झापा एफसी दर्ता गरी फुटबलका गतिबिधि गर्दै आएका थिए । जिल्ला फुटबल संघमा पनि यसको औपचारिक दर्ता छ । तर पहुँच र स्रोतसाधनका आधारमा पछि खुलेको झापा फुटबल क्लबले सो नामको पहिचान आफुमा सार्दै लगेको छ । एउटै नामको संक्षिप्त र पूर्ण रुपमा कसरी २ वटा क्लब सञ्चालन भईरहेका छन ? भन्ने प्रश्न यतिबेला चर्चामा छ । तथापी पुरानो क्लबले त्यसमा हस्तक्षेप गर्न सकेको छैन् । आर्थिक र पँहुचका हिसाबले कमजोर बन्दा त्यसको फाइदा झापा फुटबल क्लबले उठाइरहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको राजगढको झापा एफसीले भने आफुहरु नेपालकै पहिलो प्राइभेट फुटबल क्लब भएको दाबी गर्दै आएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?